गृहपृष्ठ खबर कक्षा १२ को परीक्षाको नतिजा आज आउने

कक्षा १२ को परीक्षाको नतिजा आज आउने

प्रकाशित मिति:

कक्षा १२ को परीक्षको नतिजा आज आउने भएको छ । नतिजा आउन ढिलाई भइरहेको अवस्थामा राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा आउने जनाएको हो ।त्यसका लागि आज बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले केही समस्या नदेखिए सोमबार नतिजा सार्वजनिक हुने बताए । बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकन गरिएको छ । परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थीले सहभागी हुन आवेदन दिएका थिए ।

बोर्डले गत पुसमध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको थियो । तर, परीक्षा भद्रगोल भएकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।

देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । कोभिड– १९ का कारण यस वर्षको परीक्षामा पूर्णांक र समय घटाएर राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गरेको थियो । कक्षा १२ को परीक्षामा सहभागी हुने सबै विद्यालयमा होमसेन्टर कायम गरिएको थियो ।

सम्बन्धित् समाचार