गृहपृष्ठ खबर बाणगंगा नगरपालिकाले सर्पदंश उपचार केन्द्र गोरुसिङगेलाई २ लाख सहयोग गर्ने

बाणगंगा नगरपालिकाले सर्पदंश उपचार केन्द्र गोरुसिङगेलाई २ लाख सहयोग गर्ने

प्रकाशित मिति:

बाणगंगा नगरपालिकाले सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेलाई रु.२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आज बसेको नगरको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै अत्याधिक जाडो बढेपछि बाणगंगा नगरपालिकामा फेरी दुई दिन विदा दिईएको छ । माघ १९ र २० गते नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको नगरले जानकारी दिएको छ ।

त्यस्तै बाणगंगा नगरपालिकाको आज बसेको बैठकले अन्य महत्वपूर्ण निर्णयहरु समेत गरेको छ । वैठकले बाणगंगा नगरपालिकाको आठौ नगरसभा फागुन ७ गते गर्ने भएको छ । त्यस्तै बैठकले बाणगंगा, कोईली र घेरी खोलाको ठेक्का सदर गर्ने, बाणगंगा नदीको मधुबन क्षेत्रको आय ठेक्का पहिलो बोलकबुल दिपीका निर्माण सेवालाई प्रदान गर्ने निर्णय गरेको छ ।

भूमिहिन र सुकुमबासी तथा अव्यवस्थित बसोबासको लगत संकलन ईकाई प्रमुखमा नगरपालिकाका शिक्षा शाखा अधिकृत खिम बहादुर जिसीलाई चयन गरिएको छ । जेष्ठ नागरिक सेवा मिलन केन्द्र संचालन तथा व्यवस्थित कार्यविधि २०७७ स्वीकृत गरिएको छ । त्यस्तै वैठकले बाणगंगा नगरपालिकाको राहत तथा विपद व्यवस्थापन कोष संचालन कार्यविधि २०७७ समेत स्वीकृत गरेको छ ।

सम्बन्धित् समाचार