गृहपृष्ठ खबर बाणगंगाको वडा नः २ बाट बाजा पाउँदा कप्टैया नौमति बाजा समुह भयो खुशीले हुरुक्क

बाणगंगाको वडा नः २ बाट बाजा पाउँदा कप्टैया नौमति बाजा समुह भयो खुशीले हुरुक्क

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः २ ले कप्टैया बाजा समुहलाई नौमति बाजा बितरण गरेको छ । नौमति बाजा लोप हुन लागेको भन्दै वडाले गत बर्षबाट बाजा समुहलाई बाजा बितरण गर्दै आएको हो ।नौमति बाजा बितरण कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका प्रमुख मगंल थारुले लोप हुन लागेका सस्कृति संरक्षणमा सबैले आआफनो ठाउबाट सहयोग गर्नु पर्ने बताए ।


त्यस्तै कार्यक्रममा बोल्दै वडा नः २ का वडा अध्यक्ष बिष्णु प्रसाद पौडेलले वडा भित्रका सबै लक्षित वर्गका समुहलाई केन्द्रमा राखी वडाले काम गर्दै आएको बताए ।

 

सो अवसरमा वडा सदस्य राम शरण चौधरी, कप्टैया नौमति बाजा समुहका डिबि थापा, बिसनपुरा टोल बिकास समितिका अध्यक्ष शोभाकान्त बेल्बासे, वैखरी अनलाइनका प्रधान सम्पादक अशोक पौडेल लगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रम वडा सचिव नरेन्द्र पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

बाजा पाएपछि आफुहरुलाई निकै खुशी लागेको बताउदै समुहले वडा कार्यालयलाई धन्यवाद समेत दिएको छ ।

सम्बन्धित् समाचार