गृहपृष्ठ खबर बुद्धसंग सम्बन्धी चार प्रमुख स्थलको पबित्र माटो स्पेन पठाइयो

बुद्धसंग सम्बन्धी चार प्रमुख स्थलको पबित्र माटो स्पेन पठाइयो

प्रकाशित मिति:

कपिलवस्तु रुपन्देही र नवलपरासीमा गरी बुद्धसंग सम्बन्धित महत्वपुर्ण चार स्थलको पबित्र माटो स्पेन पठाइएको छ । बुद्धको जन्मस्थल रुपन्देहीको लुम्बिनी, क्रिडास्थल कपिलवसतुको तिलौराकोट, मावली देवदह र अस्टधातु राखिएको नवलपरासीको रामग्रामको माटा स्पेन पठाइएको हो ।

लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनको काथेरेस ( ऋबअभचभक ऋष्तथ) मा गराउन लागेको बुद्धमुर्ती सहितको लुम्बिनी गार्डेन परियोजनाका लागि माटो पठाइएको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले बताए । नेपाल र लुम्बिनी एवम् बुद्ध सङ्ग सम्बन्धित पालिकाहरुको पर्यटन , कृषि , स्वास्थ्य , शिक्षा , वातावरण , खेलकुद लागायतका क्षेत्रको विकासमा सहयोगकालागि पबित्र माटो स्पेन पठाइएको उनले बताए । ‘ अन्तर्राष्ट्रिय आर्थिक प्राविधिक सहयोग र अनुभव आदानप्रदानका लागि माटो पठाइएको हो ’ उनले भने ‘ विश्व शान्तिका दुत भगवान गौतम बुद्ध जन्मेको एव सर्बोच्च शिखर सगरमाथाको देश नेपाल भनी अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने र पर्यटन भित्राउन यो कदमले मद्दत मिल्छ ’ उनले भने ।

नेपाल र स्पेन सङ्गको सम्बन्ध थप संस्थागत हुने उनले बताए । चार स्थानमा रहेको महत्वपुर्ण स्थलको माटो भिक्षुबाट गुहण गरी ती पालिकाका मेयरले माटो स्पने पठाएका हुन । लुम्बिनीको माटो लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु त्रिपाठीबाट लुम्बिनी सांस्कृति नगरपालिकाका मेयर महनमोहन चौधरीबाट ग्रहण गरेका थिए । यस्तै तिलौराकोटको माटो कपिलवस्तु नगरपालिका मेयर किरण सिंह, देवदहको माटो देवादह नगरपालिकाका मेयर हिरा बहादुर खत्री र रामग्राम नगरपालिका मेयर नरेन्द्र कुमार गुप्ताले भिक्षुबाट लिएका थिए । सन्त र शान्ति भुमि पबित्र माटो जसको ऋबअभचभक मा बुद्ध मुर्तिको साथमा राखी पुजा गरिने छ ।

सम्बन्धित् समाचार