गृहपृष्ठ खबर जिल्ला प्रशासन कार्यलय कपिलवस्तुमा बिहान ७ बजे देखिनै खुला, बिहान ४ बजे देखि नै लाईन

जिल्ला प्रशासन कार्यलय कपिलवस्तुमा बिहान ७ बजे देखिनै खुला, बिहान ४ बजे देखि नै लाईन

प्रकाशित मिति:

नागरिकता लिने संख्या बृद्धि भए पछि सेवाग्राहीको सहजताका लागि सोमवार देखि कपिलस्तु प्रशासनले सेवा अवधि बिस्तार गरी १० घन्टा बनाएको छ । बाल पोषणा भत्ता, बैवाहिक अंगीकृत नागरिकताका कारण गत १० दिन यता नागरिकता लिनेको संख्या बढे पछि जिल्ला प्रशासन कार्यालयले सोमवार बिहान ७ बजे देखि साझ ५ बजे सम्म नागरिकता प्रमाण दिन सूरु गरेको हो । सरकारले पछि परेका १२ जिल्लाका ५ बर्ष भित्रका बालबालिकालाई बाल पोषण भत्ता दिने भए पछि कपिलवस्तुमा नागरिकताको प्रमाण पत्र बनाउनेको भीड बढेको हो ।

 

नागरिकताको प्रमाण पत्र लिनेको संख्या अन्य समाय भन्दा अहिले दोब्बरले बढे पछि सोमवार देखि बिहान ७ बजे देखि नै नागरिकताको प्रमाण पत्र दिने गरी ब्यवस्था मिलाइएको प्रजिअ दीर्घ नारायण पौडेलले बताए । बिहान ७ बजे देखि साझ ५ बजे सम्म नागरिकताको प्रमाणको आबेदन लिने, सनाखत गर्ने, कागजात हेरेर प्रकृया पुरा भएकाहरुलाई नागरिकताको प्रमाण दिने गरी कार्यालयको सयमलाई बढाइएको उनले बताए ।

नागरिकताकालागि बिहान ४ बजे देखि नै प्रशासन कार्यालमया लाइृन लागेको थियो । फागुन १५ गते भित्र पोषण भत्ताको अन्तिम सुची पालिकाले पठाउनु पर्ने मिति तोकिएको छ । अहिले प्रशासन कार्यालयमा दैनिक सय सयको हाराहारीमा नया नागरिकताको प्रमाण पत्र र प्रतिलिपी प्रमाण पत्र बितरण हुदै आएको छ । भीड बढे पन कर्मचारीको अभवाले नागरिकता प्रमाण पत्र बितरणमा ढिलाई हुने गरेको छ । उता सेवाग्राहीले टोकन प्रणालीलाई ब्यस्थित गर्नु पर्ने माग गरेका छन । दरबन्दी अनुसार कर्मचारी नहुदा सेवा प्रवाहमा बाधा परेको सहयाक प्रअिज गणशे नेपालीले बताए । ३ प्रशासकीय अधिकृतको दरबन्दीमा एक जना, १० जना नासुको दरबन्दीमा ७ जना र ५ खरिदारमा ३ जना मात्र कार्यरत छन । नागरिकताको भीड नहटे सम्मकालागि यो सेवालाई जारी राखिने प्रजिअ पौडेलले बताए ।

सम्बन्धित् समाचार