गृहपृष्ठ खबर शितगंगामा पनि कोरोना विरुद्धको खोप लगाईयो

शितगंगामा पनि कोरोना विरुद्धको खोप लगाईयो

प्रकाशित मिति:

अर्घाखाँची : शितगंगा नगरपालिकामा पनि कोरोना बिरुद्धको खोप आइसकेको छ । आज पहिलो चरणमा नगरपालिकाका स्वास्थ्यकर्मी तथा स्वास्थ स्वयमसेबिकाहरुलाइ खोप लगाएरखोपको सुरुवात गरेको शितगंगा नगरपालिकाका स्वास्थ शाखा प्रमुख कृष्ण पौडेलले जानकारी दिनु भयो । नगरपालिकाका अग्रपंक्तिमा रहने स्वास्थकर्मी सरसफाइकर्मी लगायतका लागि २४७ डोज खोप नगरमा आएको स्वास्थशाखा प्रमुख पौडेलले जानकारी दिनु भयो ।

आज पहिलो चरणमा १६० जनामा खोप लगाइएको छ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर विपिन ढकालले पहिलो खोप लगाएर ओैपचारिक सुरु गर्नुभएको थियो लगतौ आज उपस्थित १६० जनामा खोप लगाइएको छ । खोपलगाएकाहरु सम्पर्कमा रहेको र कुनै नकारात्मक असर अहिले सम्म नरहेको बताईएको छ ।

यस्तै खोप लगाएका स्वास्थ्यकर्मी हरि वचन चौधरीले कुनै असर नरहेको र खोप लगाए पछि झन उत्साहित भएको प्रतिक्रिया दिनु भयो । बाकी रहेका स्वास्थ्यकर्मी हरुलाइ केही दिनमै खोप दिने तयारि रहेको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिनु भयो ।

 

सम्बन्धित् समाचार