गृहपृष्ठ खबर तुलसीपुरका एक कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

तुलसीपुरका एक कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

प्रकाशित मिति:

दाङ : तुलसीपुरका एक कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका(७ का ६६ वर्षीय पुरुषको रहेको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए।

ती संक्रमितको मंगलबार बिहान भेरी अस्पताल नेपालगञ्जमा उपचार क्रममा मृत्यु भएको हो। मंसिर २९ गते कोरोना पुष्टि भएपछि उनी पुस १३ गते अस्पतालमा भर्ना भएका थिए।

निमोनिया ,उच्च रक्तचाप र मधुमेहका कारण मृत्यु भएको अस्पतालले जनाएको केसीले बताए। पछिल्लो समय उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो।

पछिल्लो मानवीय हताहतिसँगै तुलसीपुरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ पुगेको छ। हालसम्म उपमहानगरमा कोरोना संक्रमितको संख्या ८१७ पुगेको छ भने ८१० जना निको भएका छन्‌।

​उपमहानगरमा हालसम्म ३८१ जनाले कोभिड विरुद्धको खोप लगाएका छन्‌।

सम्बन्धित् समाचार