गृहपृष्ठ खबर प्रधानाध्याक काफ्लेको निधन, वाणगंगाका विद्यालयमा भोली शोक विदा

प्रधानाध्याक काफ्लेको निधन, वाणगंगाका विद्यालयमा भोली शोक विदा

प्रकाशित मिति:

कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नरपालिकामा एक प्रधानाध्यापकको कोरानाका कारण ज्यान गएको छ । वाणगंगा १० स्थित वाल आधारभूत विद्यालय वनकट्टीका प्रधानाध्यापक केशवराज काफ्नलेको कोभिड १९ आर्थात कोरोना संक्रमणका कारण मृत्यु भएको नेपाल शिक्षक महासंघ वाणगंगा नगर समितिले जनाएको छ ।

उहाँको उपचारको क्रमा ग्रण्डी अस्पताल काठ्माडौमा निधन भएको महासंघले एक विज्ञप्ति मार्फत जानकारी गराएको छ । प्रधानाध्यापक काफ्नलेको निधनको शोकमा बुधबार भोली वाणगंगाका विद्यालयमा शोक विदा दिइएको छ । महासंघका नगर सभापति अर्जुन शाहीले एक विज्ञप्ति जारी गर्दै भोली नगरपालिका भरका विद्यालयमा शोक विदा दिन आग्रह गर्नुभएको हो ।

सम्बन्धित् समाचार