गृहपृष्ठ खबर जगदीशपुर तालमा विभिन्न कार्यक्रम गरि २५ औं सीमसार दिवस मनाईयो

जगदीशपुर तालमा विभिन्न कार्यक्रम गरि २५ औं सीमसार दिवस मनाईयो

प्रकाशित मिति:

कपिलवस्तु : लुम्बिनी प्रदेशकै प्रमुख गन्तव्य जगदीशपुर तालमा ‘पानी र सिमसार जीवनको अभिन्न आधार’ भन्ने मूल नाराका साथ भब्यरुपमा २५ औ सीमसार दिवस मनाईएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० को वडा कार्यालय तथा वन डिभिजन कार्यालय कपिलवस्तुको सहकार्यमा २५ औं विश्व सिमसार दिवसको अवसरमा जगदीशपुर जलासय व्यवस्थापन बहुसरोकार मञ्चको आयोजनामा आठौ चरा महोत्सव, थारु नृत्य हाफ म्याराथुन दौड रक्तदान ब्याडमिन्टन प्रतियोगीता र बिद्यालयस्तरिय निबन्ध प्रतियोगीता संपन्न गरिएको थियो ।

सो अवसरमा लुम्बिनी प्रदेशका सदस्य बिष्णु पन्थीले जगदीशपुर ताल लुम्विनी प्रदेशकै प्रमुख पर्यटकीय स्थल रहेको बताए । ‘ताल संरक्षणको जिम्मा यहीका सरोकारवालाले गर्नुपर्छ यसका विकास गर्ने जिम्मास्थानीय प्रदेश सरकारको हो ’ उनले भने । पुर्वमन्त्री दीपकुमार उपाध्याले प्राकृतिक बिविधताले भरिएको जगदशीपुर तालको संरक्षण र विकास गर्नु पर्ने बताए । स्थानीयको सहभागीतामा ताललाई सुन्दरीकरण गरी आयआर्जन तर्फ उन्मुख गराउनु पर्ने बताए ।

सो अवसरमा एशिया कै सबै भन्दा ठुलो कृत्रिम तालको विकासमा सबैको साझा प्रयास आवश्यक रहेको प्रजिअ दीर्घनारायण पौडेलले बताए । आफुले पनि तालको विकास सरंरक्षकालागि प्रयास गर्ने उनले बताए । उनले तालको ठोस विकास गरी पर्यटकीय लाभ लिनु पर्ने बताए । बुद्धस्थल तिलौराकोट, निगालीकोट, लम्बुसागर लायतका स्थलसंग जोडने गरी यस क्षेत्रको विकास गनुृ पर्ने बताए । कार्यक्रममा तालको प्रचारप्रसार र प्रबद्र्धनमा विकासमा योगदान दिएकमो भन्दै संचारकर्मी पार्वती पाण्डे र खग प्रसाद चापागाईलाई दोसल्ला कदर पत्र र नगदले सम्मानित गरिएको थियो ।

दिवसका अवसरमा थारु समुदायहरुले लाठी झुमरा नाच लगायतका कला प्रस्तुत गरेका थिए । ताल बरिपरि गरिएको महिला र पुरुषको दौड प्रतियोगिताले आकर्षण थपेको थियो । ब्याडमिन्टनमा राजन पोख्रेल र दिलीप बन्जाडे प्रथम तथा बिजय खनाल र सुबास पासवान द्धितीय भए ।

यस्तै पुरुष हाफ म्याराथनमा अजय पाण्डेय प्रथम, गिरिलाल कोहार द्धितीय, श्रवण केवट तृतीय र रोहित केवट सान्त्वना भए । महिला हाफ म्याराथनमा मनिषा केसी प्रथम, मिना ज्ञवाली द्धितीय र आरती थारु तृतीय भए । प्रतियोगीतामा बिजयी खेलाडीलाई पुरस्कृत गरिएको थियो । मंचका अध्यक्ष ललित गूरुङको अध्यक्षता र सचिव सुन्दर पाण्डेयको संचालनमा भएको कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य राजशे ज्ञवाली , डिभिजन वन कार्यालय कपिलस्तुमा प्रमुख ईश्वरी पौडेल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

सम्बन्धित् समाचार