कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी नेतृत्वको लागि हुने चुनावमा युवा ब्यवसायी रमेश चन्द्र भुषालले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन । यही माघ २३ र २४ गते हुने संघको १४ औँ साधारण सभा तथा सातौँ अधिवेशनमा आफूले वरिष्ठ उपाध्यक्षमा स्वतन्त्र उम्मेदावारी दिने भुसालले उमेद्धवारी घोषणा गरेका हुन ।

संघको पूर्व सल्लाहाकार, पाँचौँ अधिवेशनमा महासचिव लडेको तथा छैठौँ अधिवेशनमा पनि आफ्नो पालो रहँदा रहँदै महासचिवमा अरुलाई छाडेको बताउँदै अहिले आफूमाथि अन्याय भएको उको भनाई छ ।
डोलकराम घिमिरे अध्यक्ष रहेको प्यानलमा आफूले महासचिव पदमा दाबी गरेको तर नदिएपछि बाध्य भएर वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको पनि उनले बताए । भुसाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्षसमेत भइसकेका छन ।








