गृहपृष्ठ खबर रुपन्देहीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

रुपन्देहीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिति:

रुपन्देही : रुपन्देहीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका–१७ ठठरियास्थित भित्री सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरको लु १ त ९१७७ नम्बरको ट्रयाक्टर शुक्रबार विहान करिब पौने ११ बजेतिर अनियन्त्रित भइ सडकबाट खेतमा पल्टिएको प्रहरीले जनाएको छ।

ट्रयाक्टर पल्टिँदा रुपन्देहीको ओमसितया गाउँपालिका–३ केरवानीका चालक २३ वर्षीय मुन्ना जोगी थारु च्यापिएर घाइते भएका थिए। उनको क्रिमसन अस्पताल मणिग्राम रुपन्देहीमा उपचारको क्रममा बिहान करिब पौने १२ बजे मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ।

सम्बन्धित् समाचार