गृहपृष्ठ खबर कपिलवस्तुमा २२१६ जनाले कोरोना बिरुद्धको खोप लगाए

कपिलवस्तुमा २२१६ जनाले कोरोना बिरुद्धको खोप लगाए

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तमुा कोरोना बिरुद्धको पहिलो चरणको १० दिने खोप अभियानमा २ हजार २ सय १६ जनाले खोप लगाएका छन । अग्रपक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वयमसेविका, सरसफाईकर्मी, एम्बुलेन्स चालक कारागारका कैदीबन्दी र सुरक्षाकर्मीले पहिलो चरणमा खोप लगाएका हुन । जिल्ला स्वास्थय कार्यालयद्धारा कोरोनाको पहिलो चरणको प्रगति बिबरणका बिषयमा आयोजित अन्तक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख अनिल केसीले सो जानकारी गराउनु भयो ।

जिल्लालाई कोभिशिल्ड नामक कोरोनाको खोप ४५ सय भाईल प्राप्त भएको थियो । खोपकालागि २ हजार ४३ जनाको लक्ष्य तोकिएको थियो । महिला स्वयमसेबिका ६ सय ४७ जना, स्वाथ्यकर्मी ६ सय ९७ जना, सरसफाईकर्मी ९९, स्वास्थय संस्थाका अन्य कर्मचारी ९९, सव ब्यवस्थापन सुरक्षाकर्मी ७९, कपिलवसतु कारागारमा रहेको कैदीबन्दी र सुरक्षाकर्मी ४ सय ४२ जनाालई खोप लगाइएको छ ।

पहिलो चरणमा ३ वटा खोप केन्द्र र ९ वटा स्टेलाई केन्द्र खडा गरिएको थियो । प्रजिअ दीर्घ नारायण पौडेलको संयाजकत्वमा रहेको कोरोना समन्वय तथा अनुमगन समितिले अग्रपन्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सरफाईएकर्मी सुरक्षाकमीृलाई खोप दिने निर्णय गरेको थियो । कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडेले कोरोना खोपको पहिलो चरणको अभियानमा कपिलवस्तु नेपाल कै तेश्रो स्थान हासिल गरेको बताउनु भयो । सो अवसरमा कपिलवस्तु अस्पतालका डाक्टर गणेश क्षेत्रीले खोप लगाएको मध्ये कसैलाईै पनि ठुलो असर नपरेको बताउनु भयो ।

उहाँले सामान्य रिगटा र ज्व।रो आउने र थकान महसुस हुने बाकेह अन्य केही नभएको उहाँले बताउनु भयो । पहिलो चरणमा खोप लगाएकाहरुलाई नै दिइएको खोप कार्डका आधारमा २८ दिन पछि फेरी खोप लगाईने छ । प्र जिअ दीर्घ नारायण पौडेलले कपिलस्तुमा पहिलो चरणको खोप अभियान सफलतापुर्वक संपन्न भएको बताए । उहाँले अभियानमा सबैले राम्रो साथ दिएको बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीले कोरोना खोपमा कपिलवस्तुले राम्रो स्थान हासिल गरेको बताउनु भयो । जिल्लामा खोपको अवस्था कामजोर भएको भन्दै आगाम बैशाख भित्र खोपको पहुच र उपभोगलाई बढाई जिल्लालाईै पुर्ण खोपयुक्त घोषणा गर्न अभियान चलाइएको बताउनु भयो । कार्यक्रम प्रअिज पौडेलको अध्यक्षता र उमेश घिमिरेको संचालनमा भएको थियो ।

सम्बन्धित् समाचार