गृहपृष्ठ खबर कपिलवस्तुको जहदीमा बिष्णु ज्ञान महायज्ञ

कपिलवस्तुको जहदीमा बिष्णु ज्ञान महायज्ञ

प्रकाशित मिति:

बिश्व शान्ति, मनावीय कल्याणको कामना गर्दै कपिलवस्तु नगरपालिका वडा नम्बर ११ जहदीमा बिष्णु ज्ञान माहायज्ञ बिहीवारबाट सुरु भएको छ । महायज्ञको उदघाटन बिघठित प्रतिनिधि सभाका सदस्य तथा पुर्व मन्त्री बृजेश कुमार गुप्ता गर्दै मानवीय कल्याणकालागि गरिएको महायज्ञले समाजमा सकारात्मक संदेश छर्ने बताए । उनले मानवीय सेवा नै सबै भन्दा ठुलो धर्म रहेको भन्दै भाईचरा र बन्धुत्वको विकासमा यज्ञले भुमिका खेल्ने बताए ।

 

वडा नम्बर ११ र वडा नम्बर १२ को सहयोग तथा स्थानीयबासीको अगुवाईमा जहदीमा तेश्रो बर्ष पनि महायज्ञ आयोजना गरिएको हो । शक्रवार यज्ञस्थलबाट रामघाट नदी सम्म बाजागाजा सहीत कलश यात्रा र पुर्ण आहुती संपन्न गरिएको छ । रामघाटको पबित्र जल यज्ञ स्थलमा लगिएको छ । यज्ञमा रामाशास्त्रीले रामायणको बाचन गर्नेछन । यस्तै कथा भने साध्वी बैष्णबीले गर्नेछिन । वडा नम्बर ११ का वडाध्यक्ष रामगोपाल यादवले वडामा स्थानीयबासीको अगुवाईमा गरिएको महायज्ञमा आपलनो पुरा साथ रहेको बताए । उदघाटन समहारोहमा पुर्वमन्त्री दान बहादुर चौधरी, कपिलवस्तु नगरपालिकाकी उप मेयर लक्ष्मी गुप्ता साउ, वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्मा लगायको सहभागीता थियो । आयोजक समितिका संयोजक जीत बहादुर चौधरीले नौ दिन सम्म चल्ने महायज्ञ सफलताकालागि सक्दो सहयोग र सहभागीताका लागि अपील गरेका छन ।

सम्बन्धित् समाचार