गृहपृष्ठ खबर दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन फागुन २१ र २२ गते बुटवलमा

दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन फागुन २१ र २२ गते बुटवलमा

प्रकाशित मिति:

बुटवल,माघ २४- 

राष्ट्रिय दलित पत्रकार संघ,नेपालको प्रथम राष्ट्रिय सम्मेलन सफल पार्न विभिन्न उप समितिहरू गठन भएका छन् ।

सम्मेलन व्यवस्थापन समितिको शुक्रबार बुुटवलमा बसेको बैठकले सम्मेलन सफल र व्यवस्थित बनाउनका लागि ९ वटा उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय अध्यक्ष विनोद पहाडीको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य एंव सम्मेलन व्यवस्थापन समितिका सहसंयोजक विनोद परियारको अध्यक्षतामा बसेको बैठकले सम्मेलन सफल र व्यवस्थित बनाउनका लागि स्थानीय स्तरमा उपसमिति गठनका लागि प्रस्ताव गरेको थियो ।

संघका लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियारको संयोजकत्वमा आर्थिक उपसमिति, संघका लुम्बिनी प्रदेश सचिव सञ्जय सौगातको संयोजकत्वमा साँस्कृतिक, प्रदेश सदस्य फूलू सुनारको संयोजकत्वमा अतिथि सत्कार, प्रदेश सदस्य विवेक विश्वकर्माको संयोजकत्वमा स्वास्थ्य तथा सुरक्षा, संघका रुपन्देही अध्यक्ष टंक सुनारको संयोजकत्वमा प्रकाशन तथा प्रचार–प्रसार, संघ रुपन्देहीका कोषाध्यक्ष कृष्ण रणपालको संयोजकत्वमा आवास तथा खाद्यान्न, संघ रुपन्देहीका सहसचिव गोविन्द रसाईलीको संयोजकत्वमा मञ्च व्यवस्थापन  उपसमिति गठन गरिएको छ ।

यसैगरि रुपन्देही सचिव सुरेश परियारको संयोजकत्वमा यातायात व्यवस्थापन र सुरेन्द्र परियारको संयोजकत्वमा ¥याली तथा स्वयमसेवक उपसमिति गठन गरिएको छ ।

फागुन २१ र २२ गते बुटवलमा हुने सम्मेलनलाई सफल बनाउनका लागि केन्द्रीय समिति र स्थानीय व्यवस्थापन समितिको समन्वयमा तयारी तिव्र पार्ने निर्णय समेत भएको छ । बैठकमा केन्द्र, प्रदेश र जिल्ला कमिटिका पदाधिकारी र सदस्यहरुको सहभागिता थियो । बैठकमा अध्यक्ष पहाडीले सम्मेलन दलित आन्दोलन र सञ्चारकर्मीको ऐतिहासिक मेलाका रुपमा आयोजना गरिएकाले सहयोगका लागि आग्रह गरे ।

बैठकमा लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियार, उपाध्यक्ष टेकेन्द्र बस्याल, सचिव सञ्जय सौगात, संघका पाल्पा अध्यक्ष मिलन विश्वकर्मा, रुपन्देही अध्यक्ष टंक सुनार, प्रदेश सदस्य विवेक विश्वकर्मा, फूूलू सुनार लगायतले सम्मेलन सफल बनाउने प्रतिबद्धता जनाएका थिए ।

सम्बन्धित् समाचार