गृहपृष्ठ खबर मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु

प्रकाशित मिति:

काठमाडौं : शुक्रबार अपराह्न कोसी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ। धरानबाट इटहरी जाँदै गरेको प्रदेश १-०१-०४४प १२५६ मोटरसाइकल दुर्घटना हुँदा सवार बाबुछोरा दुबै जनाको मृत्यु भएको प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

मृत्यु हुनेमा ५० वर्षीय नुरजंग मल्ल र उनका बुवा ८२ वर्षीय कुबेरबहादुर मल्ल छन्। उदयपुर रुपाटार-२ घर भएका उनीहरू इटहरी-८ मा बस्थे। कोसी राजमार्गको इटहरी-२ पिपलचोकमा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

‘तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको रिपोर्ट आएको छ,’ प्रहरी उपरीक्षक सञ्जीव शर्माले भने।

दिउँसो साढे २ बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका दुबैलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारको क्रममा दुबैको केही समयमै मृत्यु भएको शर्माले बताए। यता, सुन्दरहरैंचा नगरपालिकामामिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। सुन्दरहरैंचा नगरपालिका-७ मा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिदाँ ३५ वर्षीय अजय लिम्बूको मृत्यु भएको हो।

शुक्रबार बेलुका पश्चिमबाट पूर्वतर्फ जादैं गरेको प्र २-०३-००१ ख १९७६ नम्बरको मिनी ट्रकले सडक पार गर्ने क्रममा प्र१(०२(०४० प ७६६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। ठक्करले गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

सम्बन्धित् समाचार