गृहपृष्ठ खबर माटोको ढिस्कोमो पुरिएर ३ जनाको मृत्यु, २ घाइते

माटोको ढिस्कोमो पुरिएर ३ जनाको मृत्यु, २ घाइते

प्रकाशित मिति:

धनगढी : कैलालीमा माटोको ढिस्कोले पुरिएर शनिबार तीन जनाको मृत्यु भएको छ। जानकी गाउँपालिका वडा नम्बर ९ को खैरीफाटास्थित कालीका सामुदायिक वन नजिक माटो खन्न गएका पाँच जनामध्ये १७ वर्षीया धनसरी सवाल र २० वर्षीय भावना वडको घनास्थलमै मुत्यु भएको छ।

यस्तै, ३० वर्षीया गंगादेवी जयगडीको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

उनका अनुसार माटोको ढिस्को परेर घाइते भएका १२ वर्षीय काजल सवाल र अन्जु जगयढीको टिकापुर अस्पतालमै उपचार भइरहेको छ। उनीहरूको हातमा चोट लागेको छ। माटोको निकाल्ने क्रममा माथिबाट ढिस्को खसेपछि उनीहरू शनिबार १२ बजेतिर पुरिएका थिए।

सम्बन्धित् समाचार