गृहपृष्ठ खबर भारतीय नागरिकसँग १३ हजार नेपाली नक्कली नोट

भारतीय नागरिकसँग १३ हजार नेपाली नक्कली नोट

प्रहरीले महोत्तरीबाट नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत सितामढी ग्राम पञ्चायत नरगा लक्ष्मीपुर-२ बस्ने ३५ वर्षीय साबिर अञ्सारी र भारत सितामढी ग्राम पठनपुर-१४ बस्ने ४२ वर्षीय जियाउल अञ्सारी रहेका छन्।

जलेश्वर नगरपालिका-१ स्थित सडकबाट ५ सय दरका २७ थान गरी जम्मा १३ हजार ५ सय नक्कली नेपाली नोटसहित उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

बिआर३०भी ९५३० नम्बरको मोटरसाइकललाई दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट नेपाली नगद १६ हजार रुपैयाँ र दुई थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ।

 

दुबैलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले हिरासतमा लिई अनुसन्धान थालेको छ।

सम्बन्धित् समाचार