गृहपृष्ठ खबर पाल्पामा कालिज फर्ममा चितुवाले आक्रमण गर्दा १ सय बढी कालिज नष्ट

पाल्पामा कालिज फर्ममा चितुवाले आक्रमण गर्दा १ सय बढी कालिज नष्ट

प्रकाशित मिति:

बुटवल : पाल्पामा कालिज फर्ममा चितुवाले आक्रमण गर्दा एक सयबढी कालिज नष्ट गरेको छ । तानसेन नगारपालिका वडा नं ५ को ढुंगाखानी नजिकैको कालिज फर्ममा भएको काफलको रुखबाट पसेको चितुवाले सयबढी कालिज मारेको डिभिजन वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले जानकारी दिनुभयो ।

रातीको समयमा अन्जानमा फसेको चितुवालाई नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा फर्मबाट बाहिर निकालिएको रेन्जर पोखरेलले बताउनुभयो ।

जिल्लामा चितुवालाई नियन्त्रण लिने साधन र दक्ष जनशक्ती नभएको हुँदा झन्डै ५ घण्टाको प्रयासपछि चितुवालाई जंगलमै छाडिएको छ । बिहान कालिजलाई दाना दिने क्रममा चितुवा देखेपछि स्थानयिले वन कार्यालयमा सम्पर्क गरेको थिए ।

कालिजले फर्ममा रहेका सयबढी कालिज नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पा यसअघि पनि दुम्सीलाई पारेको पासोमा अल्झिएको चितुवालाई नियन्त्रण् गर्ने साधन नहुँदा पासोसँगै चितवन राष्टिय निकुञ्जमा छाडिएको थियो ।

सम्बन्धित् समाचार