गृहपृष्ठ खबर पत्रकार डेकेन्द्र थापाको हत्या मुद्दामा फरार एक जना पक्राउ

पत्रकार डेकेन्द्र थापाको हत्या मुद्दामा फरार एक जना पक्राउ

प्रकाशित मिति:

दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार दैलेखको महाबु गाउँपालिका-६ का ६८ वर्षीय जयबहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।

२०७१ मंसिर २१ गतेको फैसलाअनुसार शाहीलाई २ वर्ष कैद सजाय तोकिएको छ।

१ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरिसकेपछि फरार भएका उनलाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

उनलाई बाँकी कैद भुक्तान गर्न कारागार चलान गरिएको कार्यालयले जनाएको छ। केही समय कैद भुक्तानीपछि बन्दी प्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि शाही थुनामुक्त भई फरार थिए।

 

२०६१ साल साउन २७ गते पत्रकार डेकन्द्र थापाको हत्या भएको थियो। सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही पक्ष माओवादीले उनको हत्या गरेका हुन्। उनको दैलेखको नौमुले गाउँपालिकामा पर्ने साविकको द्वारी गाविस–१ मा शव भेटिएको थियो।

माओवादीले हत्या गरेपछि पत्रकार थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरूद्ध किटानी जाहेरी दिएकी थिइन्। त्यसबेला पाँच जना पक्राउ परेका थिए।

सम्बन्धित् समाचार