गृहपृष्ठ खबर भागरथी हत्या प्रकरण : स्वाब परीक्षणका लागि पठाइयो काठमाडौं

भागरथी हत्या प्रकरण : स्वाब परीक्षणका लागि पठाइयो काठमाडौं

प्रकाशित मिति:
बैतडी : दोगडकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाण्डौ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी भागरथीको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । स्वाब परीक्षणले थप अनुसन्धानका लागि सहज हुने प्रहरी प्रवक्ता जनक धाँमीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो’घटनास्थलबाट प्राप्त भएका सम्पूर्ण प्रमाण सुरक्षित राखेर थप अनुसन्धानको काम भइरहेको छ’ डीएनए परीक्षणका लागि ‘भेजाइनल स्वाब’लगायतका नमुना सङ्कलन गरिएका हुन् । भागरथीको ‘भेजाइनल स्वाब’मा शङ्का लागेको व्यक्तिको शुक्रकिटसँग मिलेमा दोषी ठहर हुने प्रहरीले बताएको छ ।
स्वाब एक सहायक सामग्री भएकाले बलात्कार गर्ने व्यक्तिको डीएनए छुटेको भएमात्रै परीक्षणबाट थाहा हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डा। वसन्तराज जोशीले बताउनुभयो ।  उहाँले भन्नुभयो’शव परीक्षण रिपोर्टले कसरी मृत्यु भयो भन्ने कुराको प्रमाणित गर्छ ‘
शवको परीक्षण कार्य जिल्ला अस्पतालमा शनिवार गरिएको भए पनि अझै सार्वजनिक गरिएको छैन । शव परीक्षण गरिएको भए पनि रिपोर्ट तयार गर्ने काम अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो’रिपोर्ट तयार गर्ने काम अन्तिम चरणमा छ, आज प्रहरीलाई बुझाउँछौँ ‘

शव परीक्षण रिपोर्ट आएपछि धेरै कुरा थाहा हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षण भएको तीन दिनसम्म पनि आफन्तले भने शव बुझ्न मानेका छैनन् । बलात्कारपछि हत्या भएको र हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो’वास्तविक हत्यारा पत्ता नलाग्दासम्म शव बुझ्ने कुरै हुँदैनु, माघ २१ गते विद्यालय गएकी भागरथीको साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो ।  भागरथी दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटमा रहेको सनातन धर्म माविमा अध्ययनरत रहेकी थिइन् ।

सम्बन्धित् समाचार