गृहपृष्ठ खबर सोनाम लोसारको अवसरमा दानापुर तालमा नि:शुल्क आँखा शिबिर

सोनाम लोसारको अवसरमा दानापुर तालमा नि:शुल्क आँखा शिबिर

प्रकाशित मिति:

कञ्चन : चांदनी युवा क्लबको आयोजनामा शुक्रबार निशुल्क आंखा शिबिर संचालन हुने भएको छ। लायन्स क्लब अफ बुटवल,बुटवल लायन्स आंखा अस्पतालको प्राबिधिक सहयोगमा संचालन हुने आंखा शिबिर रुपन्देही जिल्लाकै रमणिय पर्यटकिय ताल दानापुरमा हुने छ।

चांदनी युवा क्लब,कञ्चन-१,दानापुरतालका ज्ञानु थापाका अनुसार आर्थिक अभाब तथा जेष्ठ नागरिकहरु आंखा उपचार गर्न बुटवल तथा भैरहवा जान सक्षम नभएको कारण असाहय,अशक्त ब्यक्तिहरुलाई सेवा प्रदान गर्ने उद्धेश्यका साथ निशुल्क आंखा उपचार शिबिरको आयोजना गरिएक बताएका छन।

आंखा शिबिर संचालनले ग्रामिण क्षेत्रमा रहेका आंखाका बिरामीहरुले आफ्नै गाउमा निशुल्क रुपमा उपचार सेवा प्राप्त गर्ने बिश्वास गरिएको छ।

सम्बन्धित् समाचार