गृहपृष्ठ खबर बाणगंगामा जिप दुर्घटना एक जनाको मृत्यु

बाणगंगामा जिप दुर्घटना एक जनाको मृत्यु

 

कपिलवस्तुको बाणगंगा १ बुङ्चिमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । पश्चिम बाट पुर्व तर्फ आँउदै गरेको लु १ ज ४६७ नम्बरको जिप शुक्रवार साझ करिब पौने सात बजेको समयमा अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । दुर्घटनामा घाईते भएका दुईजना मध्य एकजनाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । मृतकको परिचय खुल्न नसकेको प्रहरीको भनाई छ । अर्का घाईते चालकलाई उपचार पछि प्रहरीको नियन्त्रणमा राखिएको छ । चालक शितगंगा नगरपालिका वडा न.६का केशवराज भुसाल रहेका छन् ।

सम्बन्धित् समाचार