गृहपृष्ठ खबर सिमलपानी वाणगंगा खोलामा बन्ने भयो पुल, स्थानीय खुसी

सिमलपानी वाणगंगा खोलामा बन्ने भयो पुल, स्थानीय खुसी

प्रकाशित मिति:

सिमलपानीको वाणगंगा खोलामा पक्की पुल बन्ने भएको छ। शुक्रबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले पुलको शिलान्यास गरेका हुन्।

 

 

मन्त्री रायमाझीले तोकिएकै समयभित्र पुल बन्‍ने र पुल बनेपछि यस क्षेत्रका नागरिकलाई आवत जावत गर्न सजिलो हुने भन्दै ढुक्क हुन नागरिकलाई आग्रह गरे।

पुल निर्माणको जिम्मा  रौतहा धुलिखेल सुगन जे.भि. कम्पनीले लिएको  छ। पुलको लम्बाइ ७५.१५ मिटर, चौडाइ बढी लामो १२ मिटर चौडाईको डबल गाडि हिँड्ने पक्की पुल निर्माण हुनेछ। पुल निर्माणका लागि कुल लागत ९ करोड ८० लाख १६ हजार २ सय १ रूपैयाँ ९९ सय पैसा रहेको छ।

गत २०७७ साल भदौ ९ गते सम्‍झौता भई मिति २०७९ साल फाल्गुन ८ गते ( ३० महिना भित्र ) पुल निर्माणको काम सक्नुपर्ने गरी काम अघि बढेको सडक डिभिजन शिवपुर कार्यालयका  प्रमुख रामकुमार दियोले बताए।

दियोका अनुसार फटाफट काम  भएमा २ वर्षभित्रमा पुलनिर्माणको काम सम्पन्न हुनेछ।

सम्बन्धित् समाचार