गृहपृष्ठ खबर राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तु शाखाद्धारा कार्यसमिति विस्तार

राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तु शाखाद्धारा कार्यसमिति विस्तार

प्रकाशित मिति:

कपिलवस्तु : राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तु शाखाको आज बैठक सम्पन्न भएको छ । बैठक बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा सम्पन्न भएको हो । राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तु शाखाले सदस्यता विस्तार गर्दै ११ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ । आजको बैठकले वैखरी अनलाईनका समाचार संयोजक तथा हर्टबिट एफ.एम.मा कार्यरत पत्रकार सागर विश्वकर्मा र रेडियो समानतामा कार्यरत पत्रकार प्रकाश विश्वकर्मालाई जिल्ला कार्यसमितिमा मनोनित गरिएको छ।

त्यस्तै बैठकमा फागुन २१ र २२ गते बुटवलमा हुने राष्ट्रिय दलित पत्रकार संघ को राष्ट्रिय सम्मेलनको पुर्व तयारी को लागि, कपिलवस्तु शाखालाई व्यवस्थापन गर्नको लागि, दलित पत्रकारहरुलाई कसरी सदस्यता दिने, नेपाल पत्रकार महासंघमा दलित पत्रकारहरु लागि सदस्यताको लागि र अन्य विषयवस्तु बारेमा छलफल भएको छ ।

लुम्बिनी प्रदेशका अध्यक्ष चिन्ता परियारले सम्मेलनमा देशभरका ७७ जिल्लाहरुबाट नै दलित पत्रकारहरुको सहभागीता रहने जानकारी गराउनुभएको छ । त्यस्तै कपिलवस्तु शाखाका अध्यक्ष हरिजन कपिलवस्तुबाट हामी पुर्णरुप मा सहयोग गर्न गराउन तयार रहेको बताउनु भएको थियो ।

बैठकमा संघका अध्यक्ष कृष्ण हरिजन , कोषाध्यक्ष राम शरण रैदास, सचिव विक्रम विश्वकर्मा, सदस्यहरु, धनीराम कोरी, राम बहादुर गन्धर्ब, राज कुमार चमार , शम्भु विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो।

दलित पत्रकार संघ कपिलवस्तु शाखाका अध्यक्ष कृष्ण हरिजनको अध्यक्षता र राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष चिन्ता परियारको प्रमुख अतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार