न्यायका लागि कपिलवस्तुमा शान्तिपूर्ण ¥याली कार्यक्रम सम्पन्न भएको छ । युथ युनिटि वेलफेयर यसोसियसन कपिलवस्तुको आयोजनामा आज कपिलवस्तुको मुटु मानिने चार नम्बर (जितपुर) चोकमा सो ¥यालीको आयोजना गरिएको हो ।
टर्च बाल्दै न्याय खोज्दै नाम दिइएको सो ¥यालीका लागि कानुनी राज्यमा कानुनको पालना गराऔँ , बलत्कार तथा लैगिंक हिंसा बिरुद्दको अभियानमा प्रतिबद्दता जनाऔँ भन्ने मुल नाराका साथ ¥यालीको आयोजना गरिएको थियो । ¥यालीका सहभागिहरुले कालो कपडा र कपन सहित हातमा टर्च तथा लाल्टिन लिएर उपस्थित भएका थिए।
देशमा बढीरहेका बालिका बलत्कारका घटनामा राज्यको नजर पुग्न नसकेको जनाउदै युवाहरुको संस्था युथ युनिटिले सो कार्यक्रम आयोजना गरेर न्याय खोजेको युवाहरुले बताएका छन् । करिव ५०० बढी युवायुवती तथा न्यायप्रेमीहरुको उपस्थिती कार्यक्रममा रहेको थियो ।








