गृहपृष्ठ खबर कपिलवस्तुमा मामाबाटै १६ वर्षीया किशोरी बलात्कृत

कपिलवस्तुमा मामाबाटै १६ वर्षीया किशोरी बलात्कृत

प्रकाशित मिति:

कपिलवस्तु : मेला घुमेर घर फर्किँदा रात परेपछि भान्जी छाड्न लगेका मामाबाट १६ वर्षीया एक किशोरी बलात्कृत भएकी छन्। ती बालिका शुक्रबार राति बलात्कृत भएकी हुन्। उनी विजयनगर गाउँपालिकाको लोहरौला गाउँमा लागेको मेला तथा सांस्कृतिक कार्यक्रम हेर्न भनी पुगेकी थिइन्।

मेला हेर्दा अबेर भएपछि ठूला मामाले कान्छो भाइलाई भान्जीलाई घर छाड्दिन भनेका थिए। दिदी रिसाएपछि चाँडै पुर्‍याउन घर छाड्न मोटरसाइकल लिएर आएका भाइलाई छाड्न अनुरोध गरेका थिए।

मोटरसाइकलबाट जाने क्रममा बाटो ट्याक्टर हिँडेर बिग्रिएको भन्दै मामाले गलत बाटो लगेका थिए। खोलाको किनारमा पुगेपछि शौचालय गर्ने बहानामा बाइक रोकी उनले भान्जीमाथि बलात्कार गरेका खुलेको छ।

शुक्रबार घटना भए पनि मुद्दा दर्ता गर्न सहयोगी नभेटिएपछि फागुन २ गते प्रहरीसमक्ष जाहेरी दर्ता भएको थियो। घटनाका आरोपितलाई इलाका प्रहरी कार्यालय गणेशपुरले पक्राउ गरेको छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

सम्बन्धित् समाचार