गृहपृष्ठ खबर उद्योग बाणिज्य सघंका पदाधिकारीलाई कांग्रेस अर्घाखाची कपिलवस्तु सम्पर्क समितिद्धारा सम्मान

उद्योग बाणिज्य सघंका पदाधिकारीलाई कांग्रेस अर्घाखाची कपिलवस्तु सम्पर्क समितिद्धारा सम्मान

प्रकाशित मिति:

कपिलवस्तु उद्योग बाणिज्य सघं नव निर्वाचित पदाधिकारीलाई नेपाली कांग्रेस अर्घाखाची कपिलवस्तु सम्पर्क समितिले सम्मान गरेको छ । यहीँ गत माघ २६ गते भएको चुवानबाट निर्वाचित पदाधिकारीलाई आज बाणगंगाको वैरीयामा रहेको कपिलवस्तु जेसिजको हलमा सम्मान गरेको हो ।

सो अवसरमा प्रमुख अथिति नेपाली कांग्रेस अर्घाखाची जिल्ला उपसभापति शान्ता भण्डारी, नेपाली कांगेस कपिलवस्तुका महासमिति सदस्य दुर्गा सेन, वडा नः १ की वडा अध्यक्ष बालकुमारी अधिकारी पन्त, नेपाल उद्योग बाणिज्य महासघंका केन्द्रिय सदस्य तथा चन्द्रौटा उद्योग बाणिज्य सघंका अध्यक्ष जम्शेर मिया, बिपि चिन्तन प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष युवराज केसि लगायले नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना ब्यतm गरेका थिए ।


त्यस्तै नव निर्वाचित कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले आफनो कार्यकाल उदारणीय बनाउने बताए ।

कार्यक्रम अर्घाखाची कपिलवस्तु सम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष रेश्मीराज अधिकारीको अध्यक्षता, सह सचिव माधव घिमिरेको सञ्चालनमा सम्पन्न भएको नेपाली कांग्रेस अर्घाखाची कपिलवस्तु सम्र्पक समितिका अध्यक्ष तुल्सीराम घिमिरेले बताए ।

सम्बन्धित् समाचार