गृहपृष्ठ खबर बाणगंगाको पिपरा अस्पतालबाट ६६० ले कोरोना बिरुद्ध खोप लगाए

बाणगंगाको पिपरा अस्पतालबाट ६६० ले कोरोना बिरुद्ध खोप लगाए

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिकाको पिपरा अस्पतालबाट २ दिनमा ६६० ले कोरोना बिरुद्धको खोप लगाएका छन ।

 

हिजो नगरभित्रका सरकारी कर्मचारी, जनप्रतिनिधि , बैकंका कर्मचारी गरी ३४० ले हिजो खोप लगाएका थिए भने कपिलवस्तु उद्योग बाणिज्य सघंका पदाधिकारी, कर्मचारी, बित्तिय संस्थाका कर्मचारी गरी आज ३२० ले कोरोना बिरुद्धको खोप लगाएका हुन ।

 

भोली पनि सामुदायिक बिद्यालयका शिक्षक शिक्षिकालाई कोरोना बिरुद्धको खोप लगाइने बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए । खोप लगाउदा कुनै असर नपर्ने समेत पौडेलले बताउदै जसका कारण निर्धक्क रुपमा खोप लगाउन आग्रह गरे ।

सम्बन्धित् समाचार