गृहपृष्ठ खबर गोरखाको एउटै घरमा सुतेका ३ जना मृत फेला

गोरखाको एउटै घरमा सुतेका ३ जना मृत फेला

गोरखा : गोरखा बारपाक सुलीकोट गाउँपालिमा एकै घरका तीनजना मृत अवस्थामा भेटिएका छन्। बारपाक सुलिकोट गाउँपालिका–१ को धामीटोलको एक घरका तीनजना मंगलबार बिहान मृत अवस्थामा भेटिएका हुन्।

इलाका प्रहरी कार्यालय जौबारीका प्रहरी निरीक्षक ईश्वर लौडारीका अनुसार एकजना वृद्ध, उनकी बुहारी र अर्की एक बालिका ९छोरीकी छोरी० मृत अवस्थामा भेटिएका हुन्। ८४ वर्षीय टिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षीया आईतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङ आज बिहान मृत भेटिएको गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

बिहान ढिलासम्म घरको ढोका नखुलेपछि अर्को घरमा बस्दै आएकी बुहारीले ढोका खोलेर हेर्दा तीनैजना मृत अवस्थामा भेटिएको स्थानीयलाई उद्धृत गर्दै लौडारीले बताए।

मुखबाट फिज निस्किरहेको अवस्थामा शव भेटिएकाले कुनै विषक्त खानेकुरा खाएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरी निरीक्षक लौडारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ। प्रहरी घटनास्थल नपुगेकाले मृतकको विवरण प्राप्त भएको छैन।

सम्बन्धित् समाचार