
कपिलवस्तु : कपिलवस्तु डोरीतान संघले एकदिने सिप विकास तालिम सम्पन्न गरेको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर चारस्थित भृकुटी माविमा सो तालिम सम्पन्न गरिएको हो । तालिममा जिल्लामा गठन भएका सम्पूर्ण डोरीतान संघका पदाधिकारीको सहभागितामा रहेको थियो । बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले पछिल्ला दिनहरुमा कपिलवस्तु डोरीतान संघले जिल्लाका खेलकुद प्रेमीको क्षेत्रमा उल्लेखिनीय भूमिका खेल्दै गएको बताउनुभएको छ । प्रमुख अतिथि समेत रहेका नगर प्रमुख श्रेष्ठले नगरको तर्फबाट संघलाई पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल डोरीतान संघका केन्द्रिय उपाध्यक्ष सुर्य बहादुर भट्टाराई र डोरीतान संघका अन्तर्राष्ट्रिय रेफ्रि कमल लामाले तालिममा प्रशिक्षण दिनुभएको थियो । केन्द्रिय उपाध्यक्ष भट्टाराईले कपिलवस्तुमा डोरीतान संघले छोटो समयावधिमा राम्रो काम गर्दै गएको बताउनुभएको छ । कार्यक्रमका विशिष्ट अतिथिसमेत रहेका भट्टाईले केन्द्रले नै कपिलवस्तु डोरीतान संघको यो संक्रयतालाई मूल्याङन गरि रहेको बताउनुभएको थियो ।
त्यस्तै कपिलवस्तु डोरीतान संघले बुद्धभूमि नगरपालिकाको खेल मैदानमा चैत्र २० र २१ गते जिल्ला स्तरिय प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा जिल्लाका १० वटै पालिकाबाट पुरुषतर्फ ६०० केजी र महिलातर्फ ४८० केजीको ईभेन्ट हुने बतार्ईएको छ । प्रतियोगितामा प्रत्येक पालिकाबाट २० टिमको सहभागिता रहने संघले जानकारी दिएको छ ।
डोरीतान संघका प्रदेश सदस्य रोम बहादुर थापाले अबका दिनहरुमा डोरीतान संघले जिल्लाभरि नै खेलकुदका क्षेत्रमा उदाहरणीय कार्य गर्दै अघि बढ्ने दाबी गर्नूभएको छ । कपिलवस्तु डोरीतान संघका अध्यक्ष तथा केन्द्रिय सदस्य मिनराज बेल्वासेको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष खोम बहादुर थापाको स्वागत मन्तव्य रहेको थियो भने सचिव दामोदर खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।








