गृहपृष्ठ खबर विजयनगरमा पाँचौ गौरीघाट लोक साँस्कृतिक, पर्यटन तथा खेलकूद मेला सुुरु

विजयनगरमा पाँचौ गौरीघाट लोक साँस्कृतिक, पर्यटन तथा खेलकूद मेला सुुरु

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकामा “पर्यटन खेलकूद तथा लोक संस्कृतिको संरक्षण गरौँ, विजयनगर गाउँपालिकाको पहिचान बढाऔँ” भन्नेमूल नाराका साथ आज ३९ औं मगर एकता दिवसको अवसरमा पाँचौ गौरीघाट लोक साँस्कृतिक, पर्यटन तथा खेलकूद मेलाको औपचारिक रुपमा उद्घाटन भएको छ । गाउँपालिका वडा नं। १ भगीरामपुरमा उक्त कार्यक्रमलाई भव्यरुपमा उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले शनिवार पाँचौ गौरीघाट लोक साँस्कृतिक, पर्यटन तथा खेलकूदको मेलाको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सबै समुदायले आ–आफ्नो साँस्कृतिक भेषभुषा, भाषा, कला, रितिरिवाजलाई जोगाई राख्न आवश्यक रहेको बताउनुभएको छ ।

आफ्ना समुदायसँग व्यक्तिको अस्तित्व जोडिएको हुनाले दीर्घकालिन रुपमा साँस्कृतिक भेषभुषा, भाषा, कला, रितिरिवाज संरक्षण तथा संवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो । यसलाई जोगाउन नसकेमा आफ्ना र समुदायको पहिचानको साथै अस्तित्वसमेत लोप हुन सक्ने बताउनुभयो ।

आज कार्यक्रमका मुख्य आकर्षक लोक तथा दोहोरी गायक मिशन भुषाल र आधुनिक, लोक तथा दोहोरी गायक दिपक भण्डारीको बेजोड प्रस्तुतीे रहेको थियो । स्थानीय क्लबहरुले विभिन्न कला तथा नृत्य प्रस्तुत गरेका थिए । भोलि पनि चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायकहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

त्यस्तै भलिबल खेल प्रतियोगितामा प्रथम हुने टीमलाई प्रथम पुरस्कर ३० हजार मेडल तथा प्रमाण पत्र, दोस्रो हुनेलाई २० हजार मेडल तथा प्रमाण पत्र र तेस्रो हुनेलाई १० हजार मेडल तथा प्रमाण पत्र प्रदान गरिने गौरीघाट लोक साँस्कृतिक, पर्यटन तथा खेलकूद मेलाका संयोजक थर्क बहादुर खन्गाहाले जानकारी दिनुभएको छ । मेला १८ गतेसम्म लाग्ने भएकोले सबैले सहभागी भई भव्यसभ्य रुपमा मनाई समापन गर्नुहुन उहाँले अनुरोध गर्नुभएको छ ।

सम्बन्धित् समाचार