गृहपृष्ठ खबर प्युठानमा एक आश्रमभित्र आगलागी हुँदा एक किशोरको मृत्यु

प्युठानमा एक आश्रमभित्र आगलागी हुँदा एक किशोरको मृत्यु

प्युठान : प्युठानको एक आश्रमभित्र रहेको गोठमा आगलागी हुँदा त्यहाँ कार्यरत एक किशोरको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका-२ स्वर्गद्वारी आश्रमभित्र रहेको गोठमा आइतबार साँझ भएको आगलागीमा परी १५ वर्षीय हेम विकको परी मृत्यु भएको हो ।

यसैगरी दाङको गढवा गाउँपालिका-७ शान्तिपुरका मणिराम रिजालको गोठबाट आइतबार साँझ आगलागी हुँदा २४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै चितवनको माडी नगरपालिका-७ देवेन्द्रपुर शिवालय मन्दिर नजिक बस्ने ४८ वर्षीय टोकप्रसाद गौडेलको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सम्बन्धित् समाचार