गृहपृष्ठ खबर कपिलवस्तुमा ७० हजार बराबरको अवैध काठ घरबाटै बरामद

कपिलवस्तुमा ७० हजार बराबरको अवैध काठ घरबाटै बरामद

कपिलवस्तु : कपिलवस्तुमा अवैध काठ बरामद गरीएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ बैकुण्ठ धामका राम बहादुर पेग्मीको घरमा सो काठ बरामद गरिएको हो । घरमा काठ लुकाई छिपाई राखिएको भन्ने प्राप्त सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय गोरूसिंगे र सव डिभिजन वन कार्यालय चम्पापुरबाट खटिएको संयुक्त टोलीले काठ बरामद गरेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ४३.२४ क्यु फिट सालको काठ बरामद गरिएको र सो काठको मूल्य करिब सत्तरी हजार पर्ने जनाएको छ । बरामद काठ सब डिभिजन बन कार्यालय चम्पापुर कपिलवस्तुमा आवश्यक कारवाहीको लागी पठईएको छ ।

सम्बन्धित् समाचार