बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले श्रमिकको अधिकार सुनिश्चित गर्ने आफुहरुको दायित्व रहेको बताउँनुभयो । उहाँले आफूहरुले श्रमिकहरुले न्युनतम ज्याला, स्वस्थ्य, सुरक्षा, खानेपानीहरुको व्यवस्था भए नभएको आफुले उद्योगहरुमा अनुगमन गर्दै आईरहेको बताउँनुभयो ।
उहाँले भन्नुभयो–“हामीले बुद्धभुमी नगरपालिका श्रममैत्री नीति २०७७ नगरसभाबाट परित गरेका छौं ।” यसलाई छिट्टैनै नगरपालिकाले कार्यवन्यमा ल्याउने र श्रमको सम्मान गर्दै श्रमिकको अधिकार सुन्श्चिित गर्ने बताउँनुभयों । त्यस्तै नगर प्रमुख श्रेष्ठले कुनै पनि श्रमिकले आफुले परिश्रम अनुसारको सेवा सुविधा छ, छैन आफूहरुले अनुगमन गर्दै जाने बताउँनुभयो । उहाँले नगरपालिकाले बाल श्रमिकहरुको तथ्यङ्गक संकलको काम गर्दै आएको जानकारी समेत दिनुभयो । उहाँले आफ्नो नगरपालिकामा बाल श्रमिकहरु नरहेको भन्दै फेरी पनि आफुहरुले गरेको डाटा संकलनबाट बल श्रमिक बारे स्पष्ट हुने जानरकारी समेत दिनुभयो । उहाँले यस बुद्धभुमी नगरपालिकालाई बल विवाह मुक्त घोषाण गरिसकेका छौं । अब यस नगरलाई बाल श्रमिक मुक्त नगरको रुपमा घोषाण गर्ने अभियानका साथ अगडि बढेको बताउँनुभयो ।
त्यस्तै कार्यक्रममा ग्लोबल फेयरनेश इनिसियटिभका राष्ट्रिय निर्देशक सुरेस पण्डितले उद्योगीहरुले समाजिक उत्तरदायि बोध गर्न लागेको प्रतिक्रिया दिनुभयो । उहाँले अब एउटा राम्रो उद्योगमा रुपन्तरण गर्न श्रमिक, उद्योगी, सरकार र उपभोक्त सहयोग र सहकार्य गर्दै अगाडी वढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले कामदार मैत्री उद्योग निमार्ण गर्न संस्थको एकल प्रयाशबाट संभव नभएको भन्दै यसको लागि सरकार, उद्योगी, श्रमिक र उपभोक्त सचेत हुन जारुरी छ ।
घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालले बेटर व्रिक नेपाल परियोजना अन्र्तगत भएको नगर प्रमुख र ईट्टा व्यवसायी संघ र ईट्टा व्यवसायी बीच भएको समन्वय तथा छलफल कार्यक्रममा बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ, ग्लोबल फेयरनेस इनिसियटिभका राष्ट्रिय निर्देशक सुरेश पण्डित, ग्लोबल फेयरनेस इनिसियटिभका वित्तिय तथा मानव स्रोत व्यवस्थापक अर्जुन गिरी, ग्लोबल फेयरनेस इनिसियटिभका कार्यक्रम व्यवस्थपक पूर्णिमा सिंह क्षेत्री, ग्लोबल फेयरनेस इनिसियटिभका प्रविधिक एवं कार्यक्रम अधिकृत भाष्कर अधिकारी, ग्लोबल फेयरनेस इनिसियटिभका अनुगमन मूल्यङ्कन अधिकृत रोमी घिमिरे, घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका क्षेत्रीय संयोजक दुर्गा अर्याल, ईट्टा व्यवसायी महासंघ लुम्बिनी प्रदेशका महासचिव रुक बहादुर भुसाल, कपिलबस्तु ईट्टा व्यवसायी महासंघका महासचिव विनोद पन्त, सेभेन स्टर ईट्टा उद्योगका संचालक कृष्ण पोखे्रेल, एनएस ईट्टा उद्योगका संचालक दुनिका भुसाल, एनएस ईट्टा उद्योगका व्यवस्थापक हरि अर्याल, एवं बुद्ध ईट्टा उद्योगक संचालक बिनोद पन्त, उद्योगी कृष्ण पोख्रेल, दुनिका भुसाल, हरि अर्याल, घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यपालक अधिकृत रोमलाल खनाल लगायतको उपस्थिति रहेको थियो ।








