गृहपृष्ठ खबर कपिलवस्तुको बुद्धभुमीका ग्रामीण क्षेत्रमा ल्याब स्थापना

कपिलवस्तुको बुद्धभुमीका ग्रामीण क्षेत्रमा ल्याब स्थापना

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले ग्रामीण क्षेत्रमा स्वास्थ्य प्रयोगशाला ९ल्याब०सञ्चालनमा ल्याएको छ । शुक्रवार नगरपालिकाको वडा नं। ६ महुवा स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन ल्याएको छ । ल्याब सञ्चालनका लागि ३ लाख लागत लागेको बताइएको छ । ल्याबको समुद्घाटन गर्दै नगरप्रमुख केशव कुमार श्रेष्ठले ग्रामीण क्षेत्रका जनतालाई आधारभूत स्वास्थ्य सेवाका लागि टाढा जानु पर्ने बाध्यता अन्त्य गर्ने योजना रहेको बताउनु भयो ।

वडा नं. ६ वडा अध्यक्ष नन्दलाल यादवले जिल्लामा पहिलो पटक ग्रामीण क्षेत्रमा ल्याब सञ्चालन भएको बताउनु भयो । सामान्य चेक जाँचका लागि अव टाढा जानु पर्ने बाध्यता समेत अन्त्य भएको यादवले बताउनु भयो । ल्याब स्थापना भएका पछि स्थानीय खुसी व्यक्त गरेका छन् । ल्याब नहुँदा दिसा, पिसाब, रगतको सामान्य चेक जाँचका लागि तौलिहवा अस्पताल वा बाहिर जानु पर्ने बाध्यता अन्त्य भएको छ ।

घर नजिकै चेक जाँच हुने भए पछि स्थानीय सरकारले जनताका समस्या सम्वोदन गरेको स्थानीय राम लखन यादवले बताउनु भयो । ल्याबका उपकरण खरिदका लागि नगरपालिकाले १ लाख रकम खर्च गरेको थियो । ल्याब स्थापनाको लागि कालिका स्वावलम्बन सामाजिक केन्द्रले समेत सामाग्री सहयोग गरेको थियो भने भौतिक व्यवस्थापनमा वडा कार्यालयले १ लाख खर्च भएको बताइएको छ ।

सम्बन्धित् समाचार