गृहपृष्ठ खबर भारतमा थप ५३ हजार बढीमा संक्रमण, ३५४ कोरोना संक्रमितको मृत्यु

भारतमा थप ५३ हजार बढीमा संक्रमण, ३५४ कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति:

भारतमा थप ५३ हजार ४८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै कूल संक्रमितको संख्या १ करोड २१ लाख ४९ हजार ३३५ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण थप ३५४ जनाको मृत्यु भएको छ। हाल भारतमा कोरोना संक्रमितको दर संगै मृत्यु दर पनि बढ्दो छ। भारतमा १ लाख ६२ हजार ४६८ जनाको मृत्यु संक्रमणका कारण भइसकेको छ।

अहिले भारतमा ५ लाख ५२ हजार ५६६ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

सम्बन्धित् समाचार