गृहपृष्ठ खबर शिवराजका पौडेलको स्वास्थ्य क्षेत्रमा मनपरी, दाम कमाउने चलखेल

शिवराजका पौडेलको स्वास्थ्य क्षेत्रमा मनपरी, दाम कमाउने चलखेल

प्रकाशित मिति:

वैखरी अनलाईन : कपिलवस्तुको शिवराज नगरपालिकाको स्वास्थ्य क्षेत्रमा बेथिती देखिएको छ । नगरपालिकाले स्वास्थ्य चौकी प्रमुख भनि खटाएका लेखनाथ पौडेल दाम कमाउने चलखेलमा लाग्दा स्थानीयले सास्ती बेहोर्नु परेको छ ।

सरकारी कर्मचारी समेत रहेका लेखनाथ पौडेल नामका कर्मचारी आफैले उपचार गर्ने स्वास्थ्य चौकी अगाडि आफ्नो व्यक्तिगत ‘सिमान्त मेडिकल ‘खोलि कारोबार गर्दै आएका छन् ।

उनी बषौदेखि सरकारी कर्मचारी रहेको बाहना बनाउँदै स्वास्थ्य चौकी जानै परे पनि यो औषधि छैन भन्दै सेवा ग्राहीलाई सिमान्त मेडिकलमा जानु भन्दै पर्चि लेखेर दिने गरेको स्थानीय राम कुमार चौरासियाले बताए ।

उनी स्वास्थ्य चौकी भित्र दिनको २ घण्टा मात्र भेटिने गरेको स्थानीयको गुनासो छ ।

यसै विषयमा उनलाई सम्पर्क गर्न खोज्दा ‘धम्की शैलीमा’ मेरो बोल्ने समय नभएको भन्दै शिवराज नगरपालिकाको शिवपुर स्वास्थ्य चौकीमा भेट्न आग्रह गरे । यसै विषयमा नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले नगरपालिकाका कुनै पनि स्वास्थ्यकर्मीले नगरको औषधी बेच्ने अनुमति नभएको बताए ।

त्यस्तै मेयर अधिकारीले नगरभित्र स्वास्थ्य क्षेत्रमा भएका बेथितीको छानविन गरी आवश्यक कारबाहीलाई तुरुन्तै अगाडि बढाईने प्रतिक्रिया दिएका छन् । साथै यस्तै बेथिती बढेमा कर्मचारीको जागिर समेत जान सक्ने उनको प्रतिक्रिया छ । साथै नगर प्रमुख अधिकारीले नगरमा हुने गरेका चलखेललाई अन्त्य गर्नपछि नहटने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित् समाचार