गृहपृष्ठ खबर लायन्स क्लव अफ कपिलवस्तुको अध्यक्षमा भुसाल चयन

लायन्स क्लव अफ कपिलवस्तुको अध्यक्षमा भुसाल चयन

प्रकाशित मिति:

कपिलवस्तु : लायन्स क्लव अफ कपिलवस्तुको बर्ष २०२१/२२ अध्यक्षमा धातानन्द भुसाल चयन भएका छन् । क्लवको पाल्पामा भएको पाँचौ अधिवेशनबाट भुसाल सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । बाणगंगा निवासी भुसाल हर्ट विट एफ एमका अध्यक्ष हुन् । अध्यक्ष भुसालले लायन्स क्लव अफ कपिलवस्तुले विगतमा जस्तै सामाजिक र मानवीय कार्यलाई निरन्तरता दिने बताए । उनले क्लवलाई आफ्नो कार्यकालमा विशुद्ध सामाजिक सेवामा समर्पित गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अधिवेशनबाट केशव सापकोटा प्रथम उपाध्यक्षमा, राम बहादुर पौडेल क्षेत्री द्धितीय उपाधयक्षमा, राम सुभागे थारु तृतीय उपाध्यक्षमा, चतुर्थ उपाध्यक्षमा ओम प्रकाश घिमिरे र पाँचौँ उपाध्यक्षमा झविलाल भट्टराई चयन भएका क्लवका अध्यक्ष सुरेन्द्र घिमिरेले बताए ।

उनका अनुसार सचिवमा सागर घिमिरे, सहसचिवमा नारायण प्रसाद पौडेल, कोषाध्यक्षमा नवदत्त घिमिरे, सहकोषाध्यक्षमा सुमन क्षेत्री, जन सम्पर्क अधिकृतमा दामोदर पन्थी र सदस्य विस्तार संयोजकमा शान्तराज गैरेलाई चयन गरिएको छ ।

अध्यक्ष घिमिरेको कार्यकाल ३ महिनापछि सकिँदै छ । क्लवका जोन चेयर पर्सन कृष्ण केसीको प्रमुख अतिथ्यता, स्पन्सर क्लव रुपन्देहीका बाबुराम भण्डारी र रामप्रसाद भण्डारीको विशिष्ट आतिथ्यता तथा सचिव राम सुभागे थारुको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार