गृहपृष्ठ खबर नेपालमा एकै दिन थपिए ९ सय जना कोरोना संक्रमित

नेपालमा एकै दिन थपिए ९ सय जना कोरोना संक्रमित

प्रकाशित मिति:

नेपालमा थप ९ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षण थप ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८३६ र एन्टिजेन परीक्षणमा ६४ जना गरी ९ सय जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर २०८ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित् समाचार