गृहपृष्ठ खबर कोहलपुर बस दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो, ८ जनाको अवस्था चिन्ताजनक

कोहलपुर बस दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो, ८ जनाको अवस्था चिन्ताजनक

प्रकाशित मिति:

बाँकेको कोहलपुरमा भएको बस दुर्घटनामा मृतकको संख्या पाँच पुगेको छ । आठ जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीले बताए ।

२६ जना भने सामान्य घाइते रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र अनटेस्ट टिपर आपसमा ठोक्किँदा शुक्रबार साँझ कोहलपुरको चपरगौडीमा बस दुर्घटना परेको थियो । यसअघि प्रहरीले सुर्खेतबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेको बताएको थियो ।

घाइतेको उपचार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भइरहेको छ । घटनाको उद्धारको लागि इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रवीन्द्र खनालको नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।

 

सम्बन्धित् समाचार