गृहपृष्ठ खबर चट्याङ लागेर कुखुरा फार्ममा आगलागी, १२ सय चल्ला मरे

चट्याङ लागेर कुखुरा फार्ममा आगलागी, १२ सय चल्ला मरे

प्रकाशित मिति:

चट्याङ लागेर कुखुरा फार्ममा आगलागी हुँदा सर्लाहीमा १२ सय चल्ला जलेर नष्ट भएका छन्।

शुक्रबार राति ८ बजे ईश्वरपुर नगरपालिका-७ पोखरी टोलको फार्ममा आगलागी भएको प्रहरीले जनाएको छ।

उदय राय यादव र राजेश पटेलले सञ्चालन गरेको कुखुरा फार्मा आगो लागेको हो। चट्याङले बिजुली सर्ट भएर आगलागी भएको प्रहरी प्रवक्ता मदन कुँवरले बताए।

आगो स्थानीय र प्रहरीले निभाएका थिए। फार्ममा रहेको ५० बोरा दाना पनि जलेर नष्ट भएको छ।

सम्बन्धित् समाचार