गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगामा वडा भेलाहरु आजबाट सुरु , पहिलो दिन ७० जना नेपाली कांंग्रेसमा प्रवेश

कपिलवस्तुको बाणगंगामा वडा भेलाहरु आजबाट सुरु , पहिलो दिन ७० जना नेपाली कांंग्रेसमा प्रवेश

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १ मा ७० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन । आजबाट सुरु भएको वडा भेलाबाट बिभिन्न राजनैतिक दलबाट वडा नः १ का ७० जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । कम्युनिष्ठको काम नभई कुरा मात्र गर्ने गरेकाले आफुहरु कांग्रेसमा प्रवेश गरेको उनीहरुले बताए ।

वडा नः १ मा रहेको कपिलवस्तु जेसिजको भवनमा भएको वडा भेलामा करिव ३ सय बढिको सहभागिता रहेको थियो ।
भेलामा बोल्दै सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अत्तहर कमाल मुसलमानले समृद्ध राष्ट्र नेपाल बनाउन कांग्रेसले नेतृत्व लिनु पर्ने बताएका छन । कम्युनिष्ट जनताको समस्या भन्दा पनि सत्ताको लागी लडीरहेकाले देशलाइ निकास कांग्रेसले मात्र दिन सक्ने सासंद मुसलमानको भनाई छ ।

साथै सो अवसरमा नेपाली कांग्रेस महासमिति सदस्य दुर्गा सेन, बाणगंगा नगर समिति सभापति तथा बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, नगर समितिका कार्यबाहाक सभापति बिष्णु थापा, राम जि सेन, तरुण दल जिल्ला सभापति शक्ती सिहं ठकुरी, टे«ड युनियन कपिलवस्तुकी सभापति बाल कुमारी अधिकारी पन्थ, कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरे, बिपि चिन्तन प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष युवराज केसि, वडा नः १ का सभापति मनिराम शर्मा लगायतले आआफनो धारणा राखेको वडा सचिव झलक मल्लले वैखरी अनलाइनलाई जानकारी दिए ।

सम्बन्धित् समाचार