गृहपृष्ठ खबर कपिलवस्तु जेसिजको बैठक सम्पन्न, के के भए निर्णय ?

कपिलवस्तु जेसिजको बैठक सम्पन्न, के के भए निर्णय ?

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जेसिज बर्ष २०२१ को प्रथम बैठक सम्पन्न भएको छ । बाणगंगा नगरपालिका वडा नः १ मा रहेको आफनै भवनमा सम्पन्न भएको बैठकले बिभिन्न महत्वपुर्ण निर्णय गरेको छ । बैठकले कपिलवस्तु जेसिजको भवन १५ बर्षका लागी गौतम बुद्ध सामुदायिक मुटु अस्पताललाई डाइलोसिस सेन्टर स्थापनाका लागी प्रदान गर्ने निर्णय भएको छ । जसबाट यस क्षेत्रका मुटु रागीहरुलाई उपचारका लागी बुटवल जान नपर्ने भएको छ ।

 


साथैँ यहीँ अप्रिल ३० तारिख(गतेसम्म) जेसिज सदस्यताको नविकरण र नयाँ सदस्यता भर्ने समय तोकीएको कपिलवस्तु जेसिजका अध्यक्ष भीमकान्त भट्टराईले बताए । सोही अवसरमा समयमै सदस्यता लिन तथा नविकरण गर्न अध्यक्ष भट्टराईले आग्रह गरेका छन । साथै बैठकले राजेन्द्र अर्याललाई सल्लाहकार र मिन थापालाई अध्यक्षको प्रमुख सहयागीमा मनोनित गरेको छ ।

बैठकमा कपिलवस्तु जेसिजका पुर्व अध्यक्ष पोष्टराज गौतम, सुन्दर पाण्डे, रमेश चन्द्र भुसाल, निबर्तमान अध्यक्ष मनोज कुमार खत्री लगायतले आआफनो धारणा राखेका थिए । बैठक महासचिव अमृत घिमिरेको सञ्चालन तथा उपाध्यक्ष अशोक पौडेलले स्वागत मन्तब्य राखेको अर्का उपाध्यक्ष कमल घिमिरेले जानकारी दिए ।

सम्बन्धित् समाचार