गृहपृष्ठ खबर कांग्रेस केन्द्रीय समितिको बैठक आज, यी विषयमा हुनेछ छलफल

कांग्रेस केन्द्रीय समितिको बैठक आज, यी विषयमा हुनेछ छलफल

प्रकाशित मिति:

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सेनपामा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

यसअघि २०७७ चैत ३० गते बैठक बोलाइएको थियो । तर, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधन भएपछि रोकिएको बैठक आज बस्न लागेको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित सदस्यलाई उपस्थित हुन भनिएको छ ।

आजको बैठकमा १४औँ महाधिवेशनको तयारी, क्रियाशील सदस्यता वितरण तथा नविकरण एवं समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।

कांग्रेसले यसअघि कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मत दिएको थियो । त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई हटाउन पनि कांग्रेसले अग्रसरता लिएको छ ।

उता लुम्बिनी प्रदेशमा पनि सरकार परिवर्त गर्न तयारी भइरहँदा बस्न लागेको कांग्रेसको बैठकलाई महत्वका साथ हेरिएको छ ।

सम्बन्धित् समाचार