गृहपृष्ठ खबर बुद्धभुमी नगरपालिकाद्धारा वडालाई बिपत व्यवस्थापन सामाग्री हस्तान्तरण

बुद्धभुमी नगरपालिकाद्धारा वडालाई बिपत व्यवस्थापन सामाग्री हस्तान्तरण

प्रकाशित मिति:

कपिलवस्तुमा संचालित मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्र्तगत बुद्धभुमी नगरपालिकाद्धारा वडालाई बिपत व्यवस्थापन सामाग्री हस्तान्तरण गरिएको छ । बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बुद्धभुमी नगरपालिका वडा नं ६ का वडाध्यक्ष नन्दलाल यादव ,वडा नं ४ का वडाध्यक्ष पवन कुमार थारुलाई सो सामाग्री हस्तान्तरण गरेका छन् । आगलागी, बाढि, पहिरो जस्ता बिपतको समयमा तत्काल राहत तथा उद्धार गर्न सहयोग पुर्याउने उद्देश्यले बुद्धभुमी नगरपालिका भित्रका वडा कार्यालय तथा प्रहरी चौकीहरुमा सो सामाग्री बितरण गरिएको प्रमुख श्रेष्ठले बताएका छन् ।

बुद्धभुमी नगरपालिकाका लागी चालु आ.व.०७७।०७८ का लागी स्विकृत राहत,पुनःस्थापना,सामाजिक संरक्षण सम्बन्धि कार्यक्रम अन्र्तगत वडामा आपतकालिन कर्नर स्थापना गर्न सो सामाग्री हस्तान्तरण गरिएको बुद्धभुमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताएका छन् ।

प्रकोपका बेला थप क्षति हुन नदिन कार्यक्रमबाट लाइफ ज्याकेट, सिढि, बाल्टी, ट्युव, डोरी, बेल्चा, गैची, बाकस, रजिष्टर, सेप्टी ज्याकेट, सेप्टी हेल्मेट, गमबुट, ग्लोब्स लेदर, फष्ट एड किट लगायतका सामाग्री उपलब्ध गराइएको कार्यक्रम फोकल पर्सन नविन खनालले बताएका छन् ।

सम्बन्धित् समाचार