गृहपृष्ठ खबर विपक्षी गठबन्धनले लुम्बिनीका मुख्यमन्त्रीलाई बहिस्कार गर्ने, प्रदेश प्रमुख हटाउन माग

विपक्षी गठबन्धनले लुम्बिनीका मुख्यमन्त्रीलाई बहिस्कार गर्ने, प्रदेश प्रमुख हटाउन माग

प्रकाशित मिति:

लुम्बिनी प्रदेशसभाका चार दल सम्मिलित विपक्षी गठबन्धनले अल्पमतमा रहेका मुख्यमन्त्रीलाई पुनःनियुक्ति गर्ने प्रदेश प्रमुख धर्मनाथ यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । साथै, मुख्यमन्त्री शंकर पाेखरेललाई बहिस्कार गर्ने भएका छन् ।

संविधानको धारा १८३ को उपधारा ३ बमोजिम आव्हान गरिएको संसदको विशेषअधिवेशन प्रक्रिया पूरा नगरी अन्त्य गरेको र अल्पमतमा रहेको एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्ति गर्नु असंवैधानिक रहेको गठबन्धनको दाबी छ ।  ‘प्रदेश प्रमुखको यो गैरजिम्मेवारी, पदिय मर्यादाविपरित गरिएको गैरकानूनी र असंवैधानिक कदमको बिरोध गर्दै स्वेच्छाचारी प्रदेश प्रमुख धर्मनाथ यादवलाई तत्काल बर्खास्त गर्न जोडदार माग गर्दछौं’ विपक्षी गठबन्धनका दलहरु कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाद्वारा जारी वक्तव्यमा भनिएको छ ।

विपक्षी गठबन्धनले अल्पमतलाई मुख्यमन्त्री नियुक्त गरि संविधान विपरित सपथ गराउनु लोकतन्त्र, बहुमतको सरकारको मूल्यमान्यता, विधिको शासन र संविधानविपरित निरंकुश शासन भएको बताएका छन् । ती दलहरुले प्रदेशसभाको बहुमतले अल्पमतका मुख्यमन्त्रीलाई खारेज गरेको घोषणा गर्दै सार्वजनिक बहिस्कार गर्न प्रदेशबासीसँग माग पनि गरेका छन् ।

साथै, सांसदद्वय अमरबहादुर डाँगी र विमला खत्रीको किर्ते हस्ताक्षर गरी संसदीय दलको बहुमतको दाबी गर्नुको औचित्य नरहेकोभन्दै बिरोध गरेको छ ।

सम्बन्धित् समाचार