गृहपृष्ठ खबर कपिलवस्तुमा कोरोनाका संक्रिय संक्रमितको संख्या ७ सय २५ पुग्यो

कपिलवस्तुमा कोरोनाका संक्रिय संक्रमितको संख्या ७ सय २५ पुग्यो

प्रकाशित मिति:

वैखरी अनलाईन : कपिलवस्तुमा आज थप १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा संक्रिय संक्रमितको संख्या ७ सय २५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार आज मात्र ३ कोरोना संक्रमितको ज्यान गएको छ । योसंगं जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ ।

पछिल्ला दिनहरुमा जिल्लामा लगातार कोरोनाका संक्रमित थपिनेको संख्यामा वृद्धि भईरहेको छ ।

सम्बन्धित् समाचार