गृहपृष्ठ खबर कोरोनाका कारण वाणगंगा ७ का ४० वर्षिय पुरुषको मृत्यु

कोरोनाका कारण वाणगंगा ७ का ४० वर्षिय पुरुषको मृत्यु

प्रकाशित मिति:

पिलवस्तु

विश्वभर फैलिएको कोरोना भाईरसको नयाँ स्वरुपका कारण ज्यान जानेको संख्या बढ्ने क्रममा रहेको छ । यस्तै आज कपिलवस्तुमा कोरोनाका कारण एक जनाको ज्यान गएको छ ।

जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ७ का ४० वर्षिय पुरुषको उपचारका क्रममा बुटवल धागो कारखानामा ज्यान गएको हो ।

जिल्लामा कोरोनाका कारण दैनिक ज्यान जानेको संख्यामा वृद्धि भएको हो । यो भाईरस पहिले भन्दा कडा भएकाले समयमै सचेत हुनु आवश्यक रहेको स्वास्थ्यविद्हरुले बताउदै आएका छन् ।

यो सँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

 

सम्बन्धित् समाचार