गृहपृष्ठ खबर कपिलवस्तुमा आज देखि कडा निषेधाज्ञा

कपिलवस्तुमा आज देखि कडा निषेधाज्ञा

प्रकाशित मिति:

कपिलवस्तु (सागर वि.क.) : कपिलवस्तुमा कोरोना संक्रमण बढ्न थालेपछि आज देखि कडा निषेधाज्ञा लगाईएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे बताउनु भयो । तराईका जिल्लामा संक्रमितको संख्या ५ सय कटे पछि लकडाउन गर्ने सरकारको नीति छ । जिल्लामा हाल ७ सय २५ जना कोरोनाका संक्रिय संक्रमित छन् ।

औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरिद गर्न नजिकका पायक पर्ने स्थानमा जाने बाहेक अन्य कामका लागि हिँडडुल गर्न नपाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कपिलवस्तुमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

सम्बन्धित् समाचार