गृहपृष्ठ खबर कोरोना संक्रमण बढेपछि रोकियो ‘कमेडी च्याम्पियन– २’

कोरोना संक्रमण बढेपछि रोकियो ‘कमेडी च्याम्पियन– २’

प्रकाशित मिति:

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन- २’ अनिश्चित समयका लागि रोकिएको छ । कोरोना संक्रमण फैलिँदै गएपछि च्याम्पियन टिमले अनिश्चितकालका लागि शो स्थगित गरेको हो ।

निर्देशक विशाल भण्डारी आफूहरूले जोखिम मोल्न नचाहेको बताउँछन् । ‘अहिले हामी सबै सचेत हुनुपर्ने समय छ । हामीले पनि जोखिम मोल्न चाहेनौँ’, विशाल भन्छन्, ‘अर्को कुरा यस्तो संकटको समयमा हामी हँसाएर बस्न सकेनौँ ।’

केही समय अगाडि कमेडी च्याम्पियनकी एक प्रतियोगीलाई कोरोना संक्रमण देखिएको थियो । जसको कारण पनि एक साता शो बन्द भएको थियो ।

पहिलो सिजनबाट नै चर्चामा आएको ‘कमेडी च्याम्पियन’को दोस्रो सिजनका लागि ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो । जसबाट फिजिकल राउण्डदेखि, भोटिङ हुँदै सिजन-२ ले उत्कृष्ट ९ प्रतियोगी पाइसकेको छ ।

सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा, प्रदीप भट्टराई जज रहेको ‘कमेडी च्याम्पियन’ मा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, राज घिमिरेको लगानी रहेको छ ।

सम्बन्धित् समाचार